Breaking News.... EverestOnlineKhabar
April 21, 2026

काठमाडौको सवैभन्दा ठुलो नगरपालिकामा कांग्रेस विजयी

Loading

काठमाडौ,८ जेठ ।
काठमाडौको सबैभन्दा ठुलो नगरपालिका चन्द्रागिरि नगरपालिकाको प्रमुखमा नेपाली काँग्रेसका घनश्याम गिरीले १३ हजार ३०९ मत प्राप्त गरी विजयी भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका प्रह्लाद कार्कीले १० हजार ४२१ मत प्राप्त गरे । उपप्रमुखमा एमालेका लीसा नकर्मीले ११ हजार ८३४ मत प्राप्त गरी विजयी भईन् । उनका निकटतम प्रतिद्वन्द्वी काँग्रेसका इन्द्रावती श्रेष्ठले ११ हजार २३८ मत प्राप्त गरिन् ।
कुल १५ वडा रहेको नगरपालिकामा कुल ३८ हजार ८७२ मतदाता रहेको सो नगरपालिकामा ३१ हजार ९२० मत खसेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed