Breaking News.... EverestOnlineKhabar
April 21, 2026

पोखरा महानगरपालिकाको मतगणना विवादको भित्रि रहस्य यस्तो……

Loading

पोखरा,जेठ ।
पोखराको लेखनाथ महानगरपालिकामा मतगणना फेरि रोकिएको छ। २४ घन्टापछि निर्वाचन कार्यालयले मतगणना सुरु गर्न खोजे पनि नेपाली कांग्रेस र माओवादी केन्द्र सहभागी नभएपछि स्थगित भएको हो। ‘१७ नम्बर वडाका मतपत्रमा फरक–फरक स्वस्तिक छाप भेटियो, हामीले मतगणना भाँड्न खोजेका होइनौं,’ नेपाली कांग्रेसका एक जना नेताले भनेः‘ यसको चित्तबुझ्दो जवाफ नआएसम्म हामी मतगणनामा बस्दैनौं ।’
निर्वाचन आयोगले साँझ मतगणना नरोक्न आग्रह गर्दै पत्र काटेपछि निर्वाचन कार्यालय कास्कीले मतगणना सुरु गर्न लागेको थियो। तर सभासद थापासहितका केही नेता धर्नामा बसेपछि राति १ बजे स्थगित भएको हो।
ती नेताले भनेः‘सोमबार सर्वदलीय बैठक बस्छ, त्यसपछि मतगणना गर्ने विषय अघि बढ्छ ।’
मतगणना क्रममा वडा नम्बर १७ मा फर्जी मत भेटिएको भन्दै कांग्रेस समर्थित प्रतिनिधिले मतगणनास्थल छाडेर हिँडेका थिए। सूर्यमा छाप लगाइएका केही मतपत्रमा साबिकको भन्दा फराकिलो आकारको स्वस्तिक छाप प्रयोग भएको भन्दै नेपाली कांग्रेससहितका दलका प्रतिनिधि बाहिरिएका थिए।
स्वस्तिक छाप प्राविधिक विषय भएकाले हुबहु एउटै आकारको नहुन सक्ने आयोगले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed