Breaking News.... EverestOnlineKhabar
April 21, 2026

भक्तपुर नगरपालिकामा नेमकिपाको एकलौटी……

Loading

भक्तपुर,जेठ ।
भक्तपुर नगरपालिकाका प्रमुखमा नेपाल मजदुर किसान पार्टीका सुनिल प्रजापति भारी मतको अन्तरले विजयी भएका छन्। शुक्रबार राति सार्वजनिक भएको मत परिणामानुसार २५ हजार ५६८ मत प्राप्त गर्दै प्रजापति नगर प्रमुखमा अत्याधिक बहुमतले विजयी भएका हुन्।
उनका निकटतम प्रतिद्धन्द्धि नेपाली काँग्रेसका रामप्रसाद कासुलाले ६ हजार ५३२ र एमालेका विष्णु सुवालले चार हजार २१० मत प्राप्त गरे। त्यसैगरी उपप्रमुखतर्फ नेमकिपाकै रजनी जोशीले २५ हजार ६५८ मत प्राप्त गर्दै अत्याधिक बहुमतले विजयी हासिल गरिन।
जोशीका निकटतम प्रतिद्धन्द्धी काँग्रेसकी गङ्गालक्ष्मी अवालले ६ हजार ५६० र एमालेकी कृष्णमाया त्वायनावासुले ६ हजार ५८७ मत प्राप्त गरिने।
विगतमा नेमकिपाका केन्द्रीय सचिव, सांसद हुँदै प्रजापति अहिले नगर प्रमुखमा विजयी भएका हुन्। ख्पव इन्जिनियरिङ कलेजको उपप्राचार्यबाट राजीनामा दिएर आएकी जोशी उपप्रमुख चयन भएकी हुन्।
त्यसैगरी वडा नं. १० मा नेमकिपाका लक्ष्मीप्रसाद ह्योमिखा दुई हजार ११३ मत प्राप्त गरी विजयी भएका छन्। उनका निकटतम प्रतिद्धन्द्धी काँग्रेसका कृष्णकुमार सुवालले ४३२ र एमालेका पुण्यराम घटुवले ३५० मत प्राप्त गरेका छन्।
नेमकिपाबाट वडाका महिला सदस्यमा २०४६ सालको जनआन्दोलनको सहिद पुष्परत्न शाक्यकी श्रीमती विजयलक्ष्मी शाक्य तथा अन्यमा ज्ञानकुमार मगजू र जितेन्द्र मुनकर्मी विजयी भएका छन्।
नगरपालिकामा १० वटै वडामा नेमकिपाले विजय हासिल गरेको छ । कुल ५२ हजार ९३० मतदाता रहेको नगरपालिकामा ४४ हजार १८६ मत खसेको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed