Breaking News.... EverestOnlineKhabar
April 21, 2026

काठमाडौं, ललितपुर र पोखरा–लेखनाथ महानगरपालिकामा एमालेको अग्रता

Loading

काठमाडौं, जेठ १ । आइतबार निर्वाचन भएका चारओटा महानगरपालिकामध्ये तीनओटामा मतगणना भइरहेकोमा तीनओटैमा नेकपा एमालेले अग्रता लिइरहेको छ ।

काठमाडौं, ललितपुर र पोखरा–लेखनाथ महानगरपालिकाको प्रारम्भिक परिणाममा एमाले अगाडि देखिएको हो ।

काठमाडौं महानगरपालिकाको प्रमुखमा एमालेका विद्यासुन्दर शाक्य ३५ मतसहित अग्रस्थानमा रहेका छन् । दोस्रो स्थानमा साझा पार्टीका किशोर थापाले २६ मत प्राप्त गरेका छन् भने तेस्रो स्थानमा विवेकशील पार्टीकी रञ्जु न्यौपाने (दर्शना)ले २५ मत पाएकी छन् । यस्तै, नेपाली कांग्रेसका उम्मेदवार राजुराज जोशीले २३ मत पाएका छन् । थापा र दर्शना भने स्वतन्त्ररुपमा उठेका हुन् ।

पोखरा–लेखनाथ महानगरपालिकाको सुरुआती नतिजामा प्रमुख पदमा एमाले उम्मेदवार मानबहादुर जीसी अग्रस्थानमा रहेका छन् । जीसीले १५५ मत प्राप्त गर्दा कांग्रेसका रामजी कुँवरले ८५ मत प्राप्त गरेका छन् ।

ललितपुर महानगरपालिकामा पनि प्रमुख पदमा एमाले उम्मेदवार अगाडि रहेका छन् । एमालेका हरिकृष्ण ब्यञ्जनकारले १३९३ मत प्राप्त गरेका छन् भने कांग्रेसका चिरीबाबु महर्जनले १२८५ मत प्राप्त गरेका छन् ।

चितवनको भरतपुर महानगरपालिकामा भने सोमबार साँझदेखि मतगणना सुरु भएको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed