Breaking News.... EverestOnlineKhabar
April 21, 2026

१९ मत कम भएपछि सिन्धुलीको दुधौली नगरपालिकामा मतगणना रोकियो

Loading

सिन्धुली, जेठ १ । सिन्धुलीको दुधौली नगरपालिकामा मतगणनाकार्य अहिले रोकिएको छ ।

वडा नम्बर–२ मा खसेको मतभन्दा १९ मत कम भएपछि मतगणनाकार्य रोकिएको हो ।

वडा नम्बर–२ मा आइतबार एक हजार ८३० मत खसेकामा सोमबार एक हजार ८११ मतमात्र भएपछि मतगणनाकार्य रोकिएको दुधौलीका निर्वाचन अधिकृत नुरहरि खतिवडाले जानकारी दिए ।

मतदान अधिकृतले दिएको तथ्यांकभन्दा १९ मत कम भएपछि राजनीतिक दलहरु असन्तुष्ट बनेका छन् ।

दलहरुलाई सहमतिमा ल्याएर मतगणना चालु गर्ने प्रयास गरिएको भएपनि दलहरु सन्तुष्ट हुन सकेका छैनन् ।

दुधौलीमा आइतबार भएको मतदानमा खसेको २७ हजार ५५ मतमध्ये अहिले बन्डल बनाएर मतगणना गर्न खोज्दा २७ हजार ३६ मात्रै मत भएपछि राजनीतिक दलहरुले मतगणना गर्न नमानेको दुधौली नगरपालिकाका निर्वाचन अधिकृत खतिवडाले जानकारी दिए ।

सोमबार बिहान ११ः३० देखि मतगणना गर्न ५० ओटाको बन्डल बनाउँदा १९ मत कम भएपछि राजनीतिक दलहरु असन्तुष्ट बनेको निर्वाचन अधिकृत खतिवडाको भनाइ छ ।

राजनीतिक दलहरुले मतगणना गर्न नमानेकाले मिलेसम्म मिलाउने र नभए सर्वपक्षीय बैठक बसेर निर्णय गर्ने मुख्य निर्वाचन अधिृकत पर्शुराम भट्टराईले जानकारी दिए । सिन्धुलीका अन्य स्थानमा मतगणनाकार्य जारी छ । रासस

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed