Breaking News.... EverestOnlineKhabar
April 21, 2026

Loading

     आयोगले पहिलो चरणको निर्वाचन अन्तर्गत तीन वटा प्रदेशका लगभग सबै मतदान केन्द्रहरुमा मतदान भइरहेको जानकारी दिएको छ।

निर्वाचन आयोगका प्रवक्ता सूर्यप्रसाद शर्माले २ सय ८१ वटा स्थानीय तहका पदाधिकारी चयन गर्न ६ हजार ६ भन्दा बढी मतदान केन्द्र तोकिएको बताए।

उनले भने, “काभ्रे जिल्लाको एउटा मतदान केन्द्रमा बाहेक सबैतिर मतदान शुरु भइसकेको छ, सबै ठाउँमा शान्तिपूर्ण र उत्साहजनक तवरले मतदान भइरहेको छ।”

दलीय विवादका कारण काभ्रेको एउटा मतदान केन्द्रमा हुन नसकेको मतदान शुरु गर्न स्थानीय निर्वाचन अधिकृतले सर्वदलीय छलफल गरिरहेको उनले बताए।

मतदान

बिहान ७ बजेबाट शुरु भएको मतदान साँझ ५ बजेसम्म जारी रहने निर्वाचन आयोगले जनाएको छ।

स्थानीय सत्तामा जनता

‘ऐतिहासिक निर्वाचन’ आज

तीनवटा प्रदेशमा मतदान शुरु

गृहमन्त्री विमलेन्द्र निधिले सबै ठाउँमा मतदान शुरु भएको जानकारी सामाजिक सञ्जाल ट्विटरमार्फत दिएका छन्।

उनले लेखेका छन्, “सर्गव घोषणा गर्दछौ, सबै ठाउँमा मतदान शुरु भएको छ।”

मतदान

प्रधानमन्त्री प्रचण्डले गृहजिल्ला चितवन पुगेर मतदान गरेका छन्।

भरतपुर नगरपालिकाको मेयर पदमा प्रधानमन्त्रीकी छोरी रेणु दाहालले प्रतिस्पर्धा गरिरहेकी छन्।

३४ वटा जिल्लाका स्थानीय तहमा भइरहेका चुनावमा करिब ५० हजार उम्मेदवारहरु प्रतिस्पर्धामा छन्।

निर्वाचन आयोगले गोरखा नगरपालिकामा १ सय ५ वर्षका नन्दबहादुर पौडेलले मतदान गरेको जानकारी दिएको छ।

पहिलो चरणमा निर्वाचन हुन लागेका २८३ स्थानीय तहमध्ये दुईवटा स्थानीय तहका पदाधिकारी निर्विरोध निर्वाचित भएका थिए।

महत्व

मतदान

बाँकी ४ वटा प्रदेशमा जेठ ३१ गतेका लागि स्थानीय तहको दोस्रो चरणको मतदानको मिति निर्धारण गरिएको छ।

त्यसअघि नै असन्तुष्ट तराई केन्द्रित दलहरुसँग संविधान संशोधनमा सहमति कायम गरी उनीहरुलाई पनि चुनावमा सहभागी गराउने प्रयास गरिने सत्तारुढ नेताहरुले बताएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed