Breaking News.... EverestOnlineKhabar
April 21, 2026

आइपिएल क्रिकेटःदिल्ली विजयी, पुणेलाई समस्या

Loading

एजेन्सी,३० बैशाख ।
इन्डियन प्रिमियर लिग (आइपिएल) क्रिकेट अन्तर्गत शुक्रबार राति भएको खेलमा दिल्ली डेयरडेभिल्स विजयी भएको छ । फिरोज शाह कोट्ला रंगशालमा भएको खेलमा दिल्लीले राइजिङ पुणे सुपर जायन्टलाई ७ रनले हराएको हो । १ सय ६९ रनको लक्ष्य पछ्याएको पुणेले निर्धारित २० ओभरमा ७ विकेटको क्षतिमा १ सय ६१ रनमात्र बनाउन सक्यो ।
उसका लागि मनोज तिवारीले ६०, स्टिवन स्मिथले ३८ तथा बेन स्टोक्सले ३३ रन बनाउनुबाहेक अरुले दोहोरो अंकमा रन जोड्न सकेनन् । यसअघि पहिले ब्याटिङ गरेको दिल्लीले ८ विकेटको क्षतिमा १ सय ६८ रन बनायो । उसका लागि करुण नायरले ६४ तथा ऋसब पन्तले ३६ रन बनाए ।
हारपछि प्लेअफ पुग्नका लागि पुणेले अर्को खेल पर्खनु पर्ने भएको छ । दिल्ली १३ खेलबाट १२ अंकसहित छैटौं स्थानमा छ । १३ खेलबाट १६ अंक जोडेको पुणे तेस्रो स्थानमा छ । पुणे प्लेअफमा पुग्ने सम्भावना बलियो छ । तर निर्णयका लागि भने अर्को खेल पर्खनु पर्ने भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed