![]()
बैतडी,२८ बैशाख ।
बैतडीमा खोलाले बगाउँदा आमाछोरीको ज्यान गएको छ । बुधबार बेलुका बैतडीको दशरथचन्द नगररपालिका–६ सुकुट्टीमा घरनजिकैको धारामा नुहाइरहेका बेला नजिकै रहेको खहरे खोलामा एक्कासी आएको भेलले आमाछोरीलाई बगाएको जिल्ला प्रहरी कार्यलय बैतडीले जनाएको छ ।
२४ वर्षकी सुनिता महर र उनकी ६ वर्षकी छोरी करिश्माको ज्यान गएको हो । दुवैजनाको शव घटनास्थल भन्दा झण्डै ४ सय मिटर तल खोला किनारमा फेला परेको प्रहरीले जनाएको छ । सुनिताका श्रीमान रोजगारीका लागि विदेशमा छन् ।

