Breaking News.... EverestOnlineKhabar
April 22, 2026

सडक बत्ती जडान भएको एक वर्ष नपुग्दै बिग्रिए

Loading

उदयपुर,२५ बैशाख ।
उदयपुरको चौदण्डीगढी नगरपालिकामा सडक बत्ती जडान भएको एक वर्ष बित्न नपाउँदै बल्न छाडेका छन् । वातावरणीय दृष्टिले उपयुक्त ठानिएको सौर्य उर्जा सडक वत्ती बिग्रिएकाले चौदण्डीगढी नगरपालिकाको नगरक्षेत्र अन्धकारमय भएको छ ।
करिब पौने एक करोड रुपैयाँको लगानीमा ७८ थान सडक बत्ती जडान भए पनि अधिकांश बिग्रिएका छन् । नगरपालिकाले पहिलो वर्ष उपभोक्ता समितिमार्फत र दोस्रो वर्ष टेन्डर व्यवस्था गरी सडक बत्ती जडान गरेको थियो ।
मुख्यबजार क्षेत्रका सडक र गाउँका चोकमा जडा गरिएका सौर्य बत्ती नबल्दा पनि नगरपालिका कार्यालय उदासिन बनेकोप्रति स्थानीयको गुनासो छ ।
नगरपालिकाले यस वर्ष पनि सडक बत्ती जडानका लागि करिब ५० लाख रुपैयाँ विनियोजन गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed