Breaking News.... EverestOnlineKhabar
April 22, 2026

जेठ पहिलो साता सरकारको नेतृत्व परिर्वतन हुँदै…..

Loading

काठमाडौ,बैशाख ।
प्रधानमन्त्री पुष्पकमल दाहालले जेठ पहिलो साता शेरबहादुर देउवालाई सत्ता हस्तान्तरण गर्ने भएका छन्। आलोपालो सरकारको नेतृत्व लिने दुई दलबीचको भद्र सहमति कार्यान्वयन गर्दै प्रधानमन्त्री दाहालले सत्ता हस्तान्तरण गर्ने माओवादीका वरिष्ठ नेताहरुले बताएका छन्।
सहमति कार्यान्वयन भएमा अहिलेको सत्ता गठबन्धन पनि कायमै रहने उनीहरुले बताएका छन् । गत १९ साउनमा प्रधानमन्त्री दाहाल चुनिनुअघि कांग्रेस–माओवादीबीच स्थानीय तह निर्वाचन दाहालको नेतृत्वमा तथा प्रदेश र केन्द्रको निर्वाचन कांग्रेस सभापति शेरबहादुर देउवाको नेतृत्वमा गर्ने भद्र सहमति भएको थियो। त्यतिखेर प्रचण्ड र देउवाले नौ–नौ महिना सरकारको नेतृत्व गर्ने समझदारी बनेको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed