![]()
धादिङ, बैशाख २३ । निर्वाचन विरोधी गतिविधिमा संलग्न रहेको भन्दै धादिङ प्रहरीले नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका १२ जना कार्यकर्ता पक्राउ गरेको छ ।
उनीहरुले चुनाव बिथोल्ने नियतले उम्मेदवारलाई धम्क्याउने र निर्वाचन विरोधी गतिविधि गरेकाले गजुरी गाउँपालिका–३ गुम्बाडाडाँबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी प्रमुख एसपी सरद खत्रीले जानकारी दिए ।
पक्राउ परेकाहरुलाई प्रहरी चौकी जोगिमाराको हिरासतमा राखिएको छ । पक्राउ परेकाहरुका साथबाट चन्दा संकलन गरिएको रसिदको अर्धकट्टीसमेत बरामद परेको प्रहरीले जनाएको छ ।


