Breaking News.... EverestOnlineKhabar
May 11, 2026

महाभियोग प्रक्रिया नबढाउन आदेश

Loading

सर्वोच्च अदालतले प्रधानन्यायाधीश सुशीला कार्कीलाई काममा फर्किन आदेश दिएको छ।

न्यायाधीश चोलेन्द्र समशेर जबराको एकल इजलाशले सो आदेश दिएको सर्वोच्च अदालतका सहायक प्रवक्ता विश्वराज पौडेलले एभरेष्ट अन्लाईन खबर लाई बताए।

अदालतले मुद्दाको टंगो नलागेसम्म महाभियोग प्रक्रिया अघि नढाउन समेत आदेश दिएको छ।

प्रधानन्यायाधीशविरुद्धका अभियोगहरु

प्रधानन्यायाधीश कार्की निलम्बनको अवस्थामा

प्रधानन्यायाधीश कार्कीविरुद्ध सत्तारुढ नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रका २४९ जना सांसदले गत आइतबार संसद् सचिवालयमा महाभियोग प्रस्ताव दर्ता गराएका थिए।

सरकारको कार्यकारिणी क्षेत्राधिकारको विषयमा हस्तक्षेप गरेको, प्रहरी प्रमुखको नियुक्तिसम्बन्धी मन्त्रिपरिषद्को निर्णय किर्ते कागजलाई आधार मानेर बदर गरेको, न्यायालयभित्र गुटबन्दी गरेको सहितका आरोप कार्कीमाथि लगाइएको छ।

समर्थन

उक्त महाभियोग पारित गराउन कुल सदस्य संख्याको दुई तिहाई सांसदहरुको समर्थन आवश्यक पर्छ।

महाभियोग प्रस्तावप्रति विमति जनाउँदै कमल थापा नेतृत्वको राष्ट्रिय प्रजातन्त्र पार्टी सरकारबाट बाहिरिसकेको छ।

सो कदमको कांग्रेस र माओवादी केन्द्रले बचाउ गर्दै आएपनि चौतर्फी आलोचना भइरहेको छ।

सर्वोच्च अदालतका केही पूर्व न्यायाधीशहरुले पछिल्लो कदमले “न्यायपालिका स्वतन्त्र रहन नसक्ने” बताएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.