Breaking News.... EverestOnlineKhabar
May 11, 2026

ट्रम्पको नयाँ स्वास्थ्य नीति पारित…..

Loading

एजेन्सी,२२ बैशाख ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ल्याएको नयाँ स्वास्थ्य विधेयक त्यहाँको तल्लो सदन अर्थात हाउस अफ रिप्रेजेन्टेटिभसबाट पारित भएको छ । ओबामा केयरको सट्टामा ल्याइएको नयाँ स्वास्थ्य विधेयक तल्लो सदनबाट पारित भएको बिबिसीले जनाएको छ ।
विधेयक पारित गर्न २ सय १६ मत आवश्यक रहेकोमा २ सय १७ मत परेको थियो । डेमोक्रेटिक पार्टीका सांसदले यसको विपक्षमा मतदान गरेका थिए । अब यो विधेयक आगामी जुन महिनाभित्र माथिल्लो सदन अर्थात सिनेटमा पेश गरिनेछ ।
यो विधेयक पारित भएसँगै राष्ट्रपति ट्रम्पले आफ्नो ३ महिने कार्यकालमा पहिलो वैधानिक जित हासिल गरेका छन् ।
गएको मार्चमा आफ्नै पार्टी रिपब्लिकनका सांसदको समर्थन जुटाउन नसकेपछि मतदान हुनुअघि विधेयक फिर्ता लिइएको थियो । नयाँ विधयेयकको डेमोक्र्याटिक पार्टीले मात्र नभइ बिरामी, डाक्टर तथा अस्पतालहरुले विरोध गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.