![]()
काठमान्डौँ माहानगर पालीका वडा नं ३१ बाट स्थानिय तहको निर्बाचनमा यस वडाको वडा सदस्यमा नेपाली कंग्रेसको उमेद्वार अशोक के.सी. हुनु भएको छ । स्थानिय वडा बासी अशोक के.सी. एक मृदु भाषी , मिलनसार , कर्तब्यनिष्ट र सत्य परायणताका एक उदाहरण हुन । सादा जिवन उच्च बिचारका अनुयाई अशोक के.सी. सरकारी बिध्यालय रत्न राज्य मा.बी बाट एस एल सी पास गरेर त्रिभुवन बिश्व बिध्यालय मिन भवन कलेज बाट आफ्नो अध्यन पुरा गरेका हुन । दुखी र निमुखाहरूलाई सहयोग गर्न सदा तत्पर रहने अशोक के.सी. आफ्नो स्थानिय ईलाकामा निकै लोकप्रिय रहेका छन । आफु निर्बाचित भए आफ्नो वडालाई सभ्य र भब्य वडा बनाउने बिचार बोकेका अशोक के.सी.को बिजय कुरेर बसेका वडाबासीहरू उन्को बिजय सुनिश्चित बनाउन स्वस्फुर्त रूपमा लागेका छन । र चुनाबी माहोल हेर्दा पनी वडा नं ३१ मा अशोक के.सी.को बिजय निश्चितप्राय नै छ । राजनैतिक लुछाचुँडी र खुरापाती राजनैतिक वाताबरणको बिरोध गर्दै स्थानिय तहमा स्थानियको बर्चस्व हुनु पर्छ भन्ने अशोक के.सी. एक ईमान्दार र एक कर्तब्य परायण ब्यक्ती हुन भन्ने कुरा स्थानिय बासिन्दाहरू भन्दछन । अशोक के.सी नेपाली कंग्रेसका उमेद्वार भए पनी अन्य दल र स्वतन्त्र ब्यक्तीहरू पनी उन्को बिजयको लागी लागी परेका छन । यस ३१ वडाको अन्य उमेद्वारहरू भन्दा अशोक के.सी.को दाबेदारी निकै बलियो देखिन्छ । खुरापाती राजनितीले अन्य उमेद्वारले दाबेदारी गरे पनी अशोक के.सीको हकमा स्थानिय बासुन्दाको लबिङ निकै देखियो । सो कारण अशोक के.सी.को बिजय निश्चितप्राय छ । र यस वडा ३१ मा अन्य उमेद्वारले बिजय पाउन पनी अशोक के.सी. कै सहयोग लिनु पर्ने देखिन्छ ।


