Breaking News.... EverestOnlineKhabar
April 19, 2026

राष्ट्रिय जनता पार्टी नेपालले फेरी सरकारलाई समर्थन गर्ने

Loading

काठमाडौ,१९ बैशाख ।
राष्ट्रिय जनता पार्टीले ‘बदलिँदो परिस्थितिको आँकलन गर्दै’ सरकारलाई समर्थन गर्ने भएको छ। राजपाको सोमबार राजधानीमा बसेको अध्यक्ष मण्डलको बैठकले संविधान संशोधन विधेयक परिमार्जन गर्न सरकार फेरि तयार भएको तथा सप्तरी घटनाका सहिद परिवारलाई क्षतिपूर्ति, घाइतेको उपचारलगायत त्यसअघि गिरफ्तारलाई रिहाई आदिका लागि सहमत भएकाले यसअघिको समर्थन फिर्ताको निर्णय पुनर्विचार गरेको हो।
राप्रपाको बहिर्गमनसँगै सरकारलाई संविधान संशोधनको लक्ष्यमा पुग्न बाधा अड्चन आउन सक्ने सम्भावना आँकलन गर्दै बैठकले सरकारलाई संसदमा विश्वासको मत आवश्यक परे सघाउनेसमेत निर्णय गरेको छ। बैठकले प्रधानन्यायाधीश सुशीला कार्की प्रकरणलाई चासोका विषय नबनाउने, संविधान संशोधनमै केन्द्रित हुने निर्णय पनि गरेको नेता सरतसिंह भण्डारीले बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed