![]()
मस्को,२२ चैत ।
रुसको सेन्टपिटरस्बर्गमा भएको भएको आक्रमणमा संलग्न व्यक्ति मध्य एसियाली देशका रहेको रुसी सञ्चारमाध्यमले जनाएका छन् । सेन्टपिटरस्बर्गको मेट्रो स्टेशनमा भएको विस्फोटमा ११ जनाको ज्यान गएको छ ।
यो आक्रमणमा संलग्न व्यक्ति अन्दाजी २० वर्षका व्यक्ति रहेको रुसी सञ्चारमाध्यमले उल्लेख गरेका छन् । घटनामा कम्तिमा ४५ जना घाइते भएका छन् । सेन्टपिटरस्बर्गको अन्डरग्राउण्ड स्टेशन दुई स्टेसनको बिचमा विस्फोट भएको हो ।
विस्फोट भएको स्टेशन नजिकै अर्को विस्फोटक पदार्थ भेटिएको थियो । त्यसलाई भने प्रहरीले सुरक्षित रुपमा निष्क्रिय पारेको बिबिसीले जनाएको छ । आक्रमणकारीको पहिचान भएको तर आक्रमण आत्मघाती भए नभएकोमा भने विवाद रहेको इन्टरफ्याक्स र टास्स समाचार संस्थाले जनाएका छन् ।
घटनापछि सेन्टपिटरस्बर्गमा तीन दिने शोकको घोषणा गरिएको छ । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले आक्रमण आतंककारी रहेको बताए ।


