![]()
आमाको उपचारमा भारत गएका नेपाली युवकलाई भारतीय प्रहरीले पक्राउ गरेपछि पूर्बप्रधानमन्त्री झलनाथ खनालले तत्काल रिहाइको माग गरेका छन् ।
आज मात्र पूर्बप्रधानमन्त्री खनालले पक्राउ परेका सूर्योदय नगरपालिका–१० का २७ वर्षीय उदयहाङ फागो निर्दोष रहेकाले रिहाइको पहल गरिदिन भारतको लागि नेपाली राजदुत दिप कुमार उपाध्याय सग टेलिफोन बार्ता गर्नुभएको छ । करिब आधा घन्टा भएको कुराकानीमा तत्कालै भारतको केन्द्रिय सरकार र सम्बन्धित अधिकारीसग कुराकानी गरि रिहाइको प्रयत्न गर्ने कुरा राजदुत उपाध्यायले बताउनु भयो । यसै गरि खनालले नेपालको परराष्ट्र मन्त्रालयमा पनि कुराकानी गरि तत्काल भारतको सम्बन्धित निकाय सग कुराकानी गरि तत्काल रिहाईको पहल गर्न अनुरोध गर्नुभएको छ । आमाको उपचार गराउन भारतको सिलिगुडीस्थित फ्यामिली क्लिनिकमा गएका बेला उदयलाई भारतीय प्रहरीले पक्राउ गरेको थियो ।
उदयलाई दार्जिलिङको सुकुनामा साउन १४ मा भएको प्रदर्शनमा आन्दोलनकारी गोर्खाल्याण्ड समर्थकसँग ‘अनुहार मिलेको’ भन्दै भारतीय प्रहरीले पक्रेको थियो ।
उदय त्यस दिन फिक्कलमै रहेको र गोर्खाल्याण्ड आन्दोलनसँग उनको कुनै सम्बन्ध नभएको दाजु शरणले बताउनुभयो ।


