Breaking News.... EverestOnlineKhabar
June 26, 2026

राष्ट्रपतिसहित प्रमुख तीन दलका शीर्ष नेताहरुबीच राष्ट्रिय मुद्दामा छलफल

Loading

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारी र प्रमुख तीन दलका शीर्ष नेताबीच संविधान संशोधन, निर्वाचन, प्रधानमन्त्रीको आसन्न भारत भ्रमण र बाढीपीडितहरुका विषयमा छलफल भएको छ ।

राष्ट्रपति भवन शीतलनिवासमा छलफल भएको हो । सरकारले भदौ ५ गते संविधान संशोधन बिधेयक संसदमा निर्णयार्थ पेश गर्ने तयारी गरेको छ । यस्तै, मंसिर भित्रै प्रदेश र केन्द्रको चुनाव सम्पन्न गराउने विषयमा पनि प्रमुख तीन दलबीच लगभग सहमति भैसकेको छ । सरकारले बाढीपीडितहरुको उद्दार र राहतलाइ प्राथमिकताकासाथै अघि बढाइरहेको जनाएको छ तर प्रमुख प्रतिपक्षी नेकपा एमालेले भने निकै सुस्त गतिमा काम भएको भन्दै आपत्ती जनाएको छ ।

छलफलमा प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’का साथै प्रमुख तीन दलका शीर्ष नेताहरु रामचन्द्र पौडेल, बामदेव गौतम र नारायणकाजी श्रेष्ठ सहभागी हुनुहुन्थ्यो ।
प्रधानमन्त्री देउवा भदौ ७ गते भारत भ्रमणमा जाने तयारीमा हुनुहुन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed