Breaking News.... EverestOnlineKhabar
June 26, 2026

साफ यु–१५ फुटबल च्याम्पियनसीप काठमाडौंमा सुरु

Loading

काठमाडौ,२ भदौ ।
साफ यु–१५ फुटबल च्याम्पियनसीप आजबाट काठमाडौंमा शुरु हुँदैछ । प्रतियोगितामा आयोजक नेपालसहित भारत, बंगलादेश, श्रीलंका, माल्दिभ्स र भुटान गरी दक्षिण एसियाका ६ राष्ट्रका १५ बर्ष मुनिको फुटबल टोलीले प्रतिष्पर्धा गर्नेछन् ।
प्रतियोगिताको उद्घाटन खेलमा आज बंगलादेशले श्रीलंकाको सामना गर्ने छ । सहभागी राष्ट्रहरुलाई दुई समुहमा बिभाजन गरिएको प्रतियोगितामा भारत र माल्दिभ्ससँगै नेपाल समूह ‘बी’मा रहेको छ ।
यस्तै, समूह ‘ए’ मा बंगलादेश, श्रीलंका र भुटान रहेका छन् । समूहमा शीर्ष दुई स्थानमा रहने टोली सेमिफाइनलमा प्रवेश गर्नेछन् । आयोजक नेपालले आफ्नो पहिलो खेलमा आगामी सोमबार माल्दिभ्ससँग खेल्ने छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed