Breaking News.... EverestOnlineKhabar
June 26, 2026

युरोपा लिगः पछिल्लो खेलमा एभर्टन विजयी

Loading

एजेन्सी,२ भदौ ।
युरोपा लिग फुटबल अन्तर्गत गएराति भएको छनौट खेलमा एभर्टन विजयी भएको छ । प्ले अफ पहिलो लेगको खेलमा एभर्टनले क्रोएशियाको एचएनके हाज्दुकलाई २–० ले पराजित गरेको हो । एभर्टनको जितमा माईकल किन र ईद्रिसा युएको एक–एक गोल गरे ।
पहिलो लेगको जितसँगै एभर्टनले युरोपा लिगको समूह चरणमा छनौट हुने सम्भावना बलियो पारेको छ ।

गएराति भएका अन्य छनौट खेलहरुमा ईटालीको एसी मिलानले मेसेडोनियाको खेन्दीयालाई ६–० ले हराँउदा नर्वेको रोजेनबर्गले नेदरल्याण्ड्सको आयाक्सलाई १–० ले तथा मेसेडोनियाको एफके भारदारले टर्कीको फेनरबाचेलाई २–० ले हराएको छ ।
गएराति भएका अन्य खेलहरुमा साईप्रसको अपोईल लिमासोल, पोर्चुगलको स्पोर्टिङ ब्रागा र रुसको एफके क्रास्नोडार पनि विजयी भएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed