![]()
डोटी । डोटीको बोगटान गाउँपालिका ६ गगुडामा भएको जीप दुर्घटनामा मृत्यु भएका सबै ९ जनाको सनाखत भएको छ । मृत्यु हुने सबै बोगटान गाउँपालिकाका रहेका छन ।
दिपायलबाट बोगटान गाउँपालिकाको चबराचौताराका लागि छुटेको शैलेश्वरी यातायातको से १ ज ४९१ जीप सडकबाट ४ सय मिटर तल खसेको थियो । मृत्यु हुनेमा डोटी बोगटान १ का ३५ बर्षिय विष्णु मगर, ५० बर्षिय बुढो घर्ती मगर, ४५ बर्षीय गोरख थापा, ४५ बर्षिय ललिता देबी पुन मगर, ४८ बर्षिय शशी राम बहादुर पुन मगर, ४० बर्षिय टेक बहादुर पुन मगर, ३० बर्षिय चन्द्र बहादुर घर्ती मगर, ५५ बर्षिय भीम घर्ती मगर र २८ बर्षिय चालक विष्णु नेगी रहेको प्रहरीले जनाएको छ ।
दुर्घटनामा घाइते ७ मध्ये ४ जनाको अवस्था गम्भीर रहेको छ । लगातारको बर्षा र कच्ची सडकका कारण दुर्घटना भएको बुझिएको छ ।


