Breaking News.... EverestOnlineKhabar
June 26, 2026

अब नेयमार पिएसजीको १० नम्बर जर्सीमा देखिनेछन्….

Loading

एजेन्सी,२० साउन ।
स्पेनिस क्लब बार्सिलोनका ब्राजिलियन स्टार स्ट्राइकर नेइमार अहिलेसम्मकै धेरै रकममा फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पिएसजी) मा अनुबन्धित भएका छन् । नेइमार २२ करोड २० लाख युरोमा पिएसजी गएका हुन् ।
पिएसजीमा नेइमारले १० नम्बर जर्सीमा खेल्नेछन् । उनले आउँदो शनिबार पिएसजीबाट पहिलो खेल एमियन्सविरुद्ध खेल्ने भएका छन् । शुक्रबारदेखि नै उनी पिएसजीका आधिकारिक खेलाडी भएका छन् ।
विश्व कीर्तिमानी मूल्यमा पिएसजी गएका नेइमारले त्यहाँ हप्ताको ८ लाख ६५ हजार युरो पारिश्रमिक पाउने छन् । यसको अर्थ २५ वर्षका नेइमारले पिएसजीबाट करसहित वर्षको चार करोड ५० लाख युरो पारिश्रमिक पाउने छन् ।
पिएसजीले नेइमारसँग पाँच वर्षको सम्झौता गरेको छ । अनुबन्धित भएसँगै नेइमारले आफू युरोपकै एक महत्वपूर्ण क्लबमा आएको बताएका थिए । उनले भनेः‘पिएसजीको महत्वपूर्ण योजनाहरुले म आकर्षित भएको हुँ, म आजैदेखि जस्तोसुकै चुनौती सामना गर्न तयार छु ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed