Breaking News.... EverestOnlineKhabar
June 26, 2026

बबई र कर्णाली नदीमा बाढीको खतरा…..

Loading

बर्दिया,२० साउन ।
बिहीबार बिहानैदेखि भइरहेको वर्षाका कारण बबई नदी र कर्णाली नदीमा पानीको सतह बढेको छ । पानीको सतह बढेसँगै बबई र कर्णाली नदीमा बाढीको जोखिम बढेको हो । जोखिम बढेकाले सर्तकता अपनाउनु पर्ने तर आत्तिनु नपर्ने बर्दियाका प्रमुख जिल्ला अधिकारी विष्णु बहादुर थापाले जानकारी दिए ।
बबई नदी र कर्णाली नदीमा पानीको सतह बढ्न सक्ने भएकाले सर्तकर्ता अपनाउन जिल्ला प्रशासन कार्यालय बर्दियाले आग्रह गरेको छ । अझै आत्तिनु पर्ने अवस्था नरहेको बताइएको छ ।
जिल्ला आपतकालिन कार्य संचालन केन्द्र बर्दियाका अनुसार बबई नदीको पानीको सतह मापन केन्द्र चेपाङ्गमा नदीमा ५ दशमलव ७३ मिटरसम्म पानीको सतह पुगेको छ । ६ दशमलव १ भन्दा बढी भएमा मात्र बबई नदीको बाढी गाउँमा पस्न सक्ने खतरा हुन्छ । बबई नदीको तल्लोतिर भादा नदीमा पानीको सतह ७ दशमलव ३० पुगेको छ । ८ भन्दा बढी भएमा बाढी पस्न सक्छ ।
यस्तै कर्णाली नदीमा अहिले पानीको सतह ९ दशमलव ९७ मिटर पुगेको छ । कर्णाली नदीमा पानीको सतह बढीरहेको छ । १० दशमलव ८० भन्दा बढी भएमा कर्णाली नदीको बाढी गाउँमा पस्न सक्ने खतरा हुन्छ । अहिले बबई नदीमा पानीको सतह घट्दो क्रममा रहेको बताइएको छ । यस्तै सामाजिक सञ्जालमार्फत बाढी आयो भन्ने हल्ला नगर्न अनुरोध गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed