![]()
चितवन,२० साउन ।
नारायणगढ–मुग्लिन सडकखण्डमा गाडी चलाउन रोक लगाइएको छ । मुग्लिनदेखि गाईघाटसम्म १० ठाउँमा ठूलो पहिरो खसेको तथा केही ठाउँमा सडक नै बगाएकाले गाडी चलाउन रोक लगाइएको नारायणगढ मुग्लिन सडक निर्माण आयोजनाले जनाएको छ ।
बिहीबार बेलुकी एक घण्टा एकतर्फी खुलाएर बाटोमा रोकिएका गाडी पठाएपछि जोखिम रहेको भन्दै अरु गाडी चलाउन रोक लगाइएको हो । अहिले पनि पानी परिरहेकाले पहिरो पन्छाउन समस्या भएको प्रहरीले जनाएको छ । सबैतिरको पहिरो पन्छाएपछि मात्र गाडी चल्न दिने प्रहरीले जनाएको छ । यसअघि जोखिम बढेको भन्दै सडकखण्डमा राति ११ घण्टा गाडी चलाउन रोक लगाइएको थियो ।


