![]()
एभरेस्ट अनलाइन खबर डेस्क
नयाँ दिल्ली (एजेन्सी)
भारतको राजस्थानमा एक १३ वर्षीया बालिकालाई अपहरण गरी ५ दिनसम्म बन्धक बनाएर सामूहिक बलात्कार गरिएको विरक्तलाग्दो र अमानवीय घटना सार्वजनिक भएको छ। राजस्थानको श्रीगंगानगरमा घटेको यस जघन्य अपराधले यतिबेला चौतर्फी आक्रोश पैदा गरेको छ।
प्राप्त जानकारी अनुसार ती अबोध बालिकालाई अपहरण गरी ५ दिनसम्म विभिन्न होटलहरूमा बन्धक बनाइएको थियो। सो अवधिमा ३२ जना अपराधीहरूले उनीमाथि बर्बरताको सबै सीमा पार गर्दै सामूहिक बलात्कार गरेका थिए।
प्रहरी एक्सन र कारबाही
यो घिनलाग्दो र्याकेटको पर्दाफाश गर्दै प्रहरीको विशेष अनुसन्धान टोली (SIT) ले द्रुत गतिमा कारबाही अघि बढाएको छ। घटनामा संलग्न रहेको आरोपमा प्रहरीले हालसम्म १४ जना अभियुक्तहरूलाई पक्राउ गरिसकेको छ भने अन्य फरार आरोपीहरूको खोजी कार्य तीव्र पारिएको छ।
‘अमानवियको ठेगाना बनेका होटलमा चल्यो बुलडोजर
घटना बाहिरिएपछि प्रशासनले कडा रूप अपनाएको छ। बालिकामाथि जघन्य अपराध र क्रूरताको अखडा बनेका ३ वटा होटलहरूलाई प्रशासनले बुलडोजर चलाएर पूर्ण रूपमा ध्वस्त पारिदिएको छ। अपराध र अपराधीहरूलाई संरक्षण दिने यस्ता ठाउँहरूमाथि गरिएको यो कडा प्रशासनिक एक्सनको सर्वत्र चर्चा भइरहेको छ।
पीडितको अवस्था र कडा सजायको माग
पीडित बालिकाको हाल अस्पतालमा उपचार भइरहेको छ। सामाजिक सञ्जाल तथा स्थानीय स्तरमा यस घटनाका दोषीहरूलाई कानुन बमोजिम कडाभन्दा कडा सजाय दिनुपर्ने माग जोडदार रूपमा उठिरहेको छ।


