Breaking News.... EverestOnlineKhabar
March 18, 2026

निर्वाचित भएको दुई हप्ता नपुग्दै प्रधानमन्त्री देउवाको राजीनामा माग…..?

Loading

काठमाडौ,२ असार ।
प्रधानमन्त्रीमा निर्वाचित भएको दुई हप्ता नपुग्दै प्रधानमन्त्री शेरवहादुर देउवाको राजीनामा माग भएको छ । प्रमुख विपक्षी दल नेकपा एमालेका वरिष्ठ नेता एंव पूर्वप्रधानमन्त्री झलनाथ खनालले निर्वाचन गराउन नसके कांग्रेस–माओवादी केन्द्र गठबन्धनको सरकारले राजीनामा दिनुपर्ने बताएका छन् ।
वरिष्ठ नेता खनालले भनेः‘तोकिएको समयमा चुनाव गर्न नसक्नेहरूले सरकारबाट राजीनामा दिनुपर्छ । सरकारले तोकिएको समयभित्र स्थानीय तहको निर्वाचन गराउनै पर्छ । कुनै पनि बहाना गरेर निर्वाचन रोक्ने काम भयो भने त्यसको एमालेले प्रतिवाद गर्छ ।’
तराईका जिल्लामा पछिल्लो समय बिग्रदै गएको शान्ति सुरक्षाप्रति चिन्ता जनाएका नेता खनालले भनेः‘शान्ति सुरक्षा गर्न सक्दैन भने यो सरकारले राजीनामा दिनुपर्छ । सत्तामा बसिरहने अधिकार कसैलाई छैन,सत्तापक्ष अराजकताका सामु घुँडा टेक्दै छन् ।’
राष्ट्रिय जनता पार्टी नेपालका नेताहरूलाई विरोध गर्ने अधिकार रहेको भन्दै नेता खनालले विरोध गर्नुस् तर, अरुलाई डिष्ट्रब नगर्नुस् । यसले टकराव उत्पन्न हुने भन्दै सचेत समेत गराए । वर्तमान सरकारले सुरक्षा कायम गर्न नसकेको नेता खनालको आरोप थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.