Breaking News.... EverestOnlineKhabar
May 4, 2026

उपभोक्ता ठग्ने सीताराम गोकुल मिल्क्सको दूधमाथि खाद्य विभागको एक्सन: १० हजार बढी पोका दूध रोक्का ।

Loading

काठमाडौँ । खाद्य प्रविधि तथा गुणस्तर विभागले उपभोक्ताको भान्छामा पुग्ने दूधको गुणस्तरमा खेलबाड गरेको भन्दै ‘सीताराम’ ब्राण्डको ठुलो परिमाणको दूध बिक्रीमा रोक लगाएको छ। विभागले सीताराम गोकुल मिल्क्सद्वारा उत्पादित ‘कृष्णा स्टाण्डर्ड’ दूधको १० हजार ३ सय ८० पोका दूध नियन्त्रणमा लिई बिक्री वितरण रोक्का गरेको हो।

के हो मुख्य कारण?सीताराम ब्राण्डको १० हजार बढी पोका दूध बिक्रीमा रोक: सरकारी मापदण्ड विपरित न्यून चिल्लो पदार्थ भेटियो

सरकारले तोकेको मापदण्ड अनुसार प्रशोधित दूधमा अनिवार्य रूपमा ३ प्रतिशत चिल्लो पदार्थ (Fat) हुनुपर्छ। तर, विभागको अनुगमन टोलीले चैत २ गते उत्पादित (ब्याच नम्बर २८६१) ‘कृष्णा स्टाण्डर्ड’ दूधको लगबुक र ल्याब परीक्षण गर्दा सरकारी मापदण्ड भन्दा निकै कम मात्रै चिल्लो पदार्थ फेला पारेको छ।

विभागकी प्रवक्ता डा. बालकुमारी शर्माका अनुसार उक्त ब्याचको दूधमा जम्मा १.४ प्रतिशत मात्रै चिल्लो पदार्थ पाइएको छ, जुन तोकिएको मापदण्डको आधा भन्दा पनि कम हो।

१० हजार पोका दूध ‘कोल्ड स्टोर’ मै रोकियो

अनुगमनका क्रममा कोल्ड स्टोरमा बिक्रीका लागि तयारी अवस्थामा राखिएको ५ सय मिलिलिटरका ५ सय १९ क्रेट (कुल १० हजार ३ सय ८० पोका) दूध फेला परेको थियो। उद्योगकै प्रयोगशालामा गरिएको पुन: परीक्षणमा समेत चिल्लो पदार्थको मात्रा न्यून देखिएपछि विभागले तत्कालका लागि उक्त परिमाणको दूध बजारमा पठाउन रोक लगाएको प्रवक्ता शर्माले जानकारी दिइन्।

खाद्य ऐन र सरकारले तोकेको गुणस्तर निर्देशिका पालना नगर्ने उद्योगलाई स्पष्टीकरण सोध्ने र थप कानुनी प्रक्रिया अगाडि बढाउने तयारी विभागले गरेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed