Breaking News.... EverestOnlineKhabar
June 25, 2026

आजबाट ५० जिल्लाका १२ वर्ष मुनिका बालबालिकालाई फाइजर खोप दिइँदै

Loading


काठमाडौं । आजबाट ५० वटा जिल्लाका पाँच वर्ष पूरा भई १२ वर्ष मुनिका बालबालिकालाई फाइजर खोपको पहिलो मात्रा दिइँदैछ । दोस्रो चरण अन्तर्गत कोभिड विरुद्धको फाइजर खोप आजबाट ति जिल्लाहरुमा दिन लागिएको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ७ वटा प्रदेशका ५० जिल्लामा फाइजर खोप दिइदैछ । त्यस्तै भदौँ २७ गतेदेखि देखी असोज १ गतेसम्म दोश्रो मात्रा खोप सञ्चालन हुनेछ ।

खोप दिइरहेका प्रदेश १ का जिल्लाहरुमा भोजपुर, धनकुटा, खोटाङ, ओखलढुंगा, पाँचथर, संखुवासभा, सोलुखुम्बु, ताप्लेजुङ, तेह्रथुम र उदयपुर रहेका छन् । त्यस्तै मधेश प्रदेशमा बारा, रौतहट र सर्लाहीमा खोप दिइदैछ भने बागमती प्रदेशमा रामेछाप, दोलखा, धादिङ, नुवाकोट, रसुवा र सिन्धुपाल्चोक जिल्लाहरुमा खोप दिइदैछ।

यसैगरी गण्डकी प्रदेशका बागलुङ, गोरखा, लमजुङ, मनाङ, मुस्ताङ, म्याग्दी, पर्वत, स्याङ्जा र तनहुँमा खोप दिइदैछ भने लुम्बिनी प्रदेशका कपिलवस्तु, अर्घाखाँची, गुल्मी, पाल्पा, प्युठान, रोल्पा र पूर्वी रुकुममा पनि खोप लगाइदैछ।

त्यस्तै कर्णाली प्रदेशका पश्चिम रुकुम, सल्यान, डोल्पा, हुम्ला, जुम्ला, कालिकोट, मुगु, दैलेख, जाजरकोट जिल्लामा ाखोप दिइदैछ भने सुदुरपश्चिम प्रदेशका अछाम, डोटी, बझाङ, बाजुरा, बैतडी र दार्चुलाका बालबालिकालाई फाइजर खोप दिने काम भइरहेको मन्त्रालयले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed