Breaking News.... EverestOnlineKhabar
May 1, 2026

मन्त्रिपरिषद्मा छलफल गरेर मात्रै निर्मला हत्या प्रकरणको प्रतिवेदन सार्वजनिक गर्ने : गृहमन्त्री

Loading

विराटनगर  । गृहमन्त्री रामबहादुर थापाले निर्मला पन्त हत्या सम्बन्धी गठित उच्चस्तरीय छानबिन समितिले सरकारलाई प्रतिवेदन बुझाइसकेकाले घटनामा संलग्न दोषी चाँडै कारवाहीको प्रक्रियामा ल्याइने बताएका छन् । पन्तको बलात्कारपछि हत्या गरिएको प्रतिवेदन मन्त्रिपरिषद्‌मा छलफलपछि सार्वजनिक गरिने उनले बताए।

 उनले देश टुक्र्याउन खोज्ने राष्ट्रघातीलाई सरकारले कारवाही गर्ने बताएका छन्। विराटनगर विमानस्थलमा अाइतबार सञ्चारकर्मीसँग कुरा गर्दै उनले मुलुकलाई विखण्डन गरी अस्थिरता फैलाउने अभियानमा लाग्नेलाई सरकारले दण्डित गर्ने बताए।

गृहमन्त्री थापाले वर्तमान सरकार मुलुकको स्वाधिनताको रक्षाको पक्षमा रहेकाले शान्ति सुरक्षा खल्बल्याउने एवं अस्थिरता उत्पन्न गर्ने पक्षलाई कारवाही गर्ने बताए। उनले जनादेशअनुसार सरकारले जनताको आर्थिक समृद्धिका लागि काम गरिरहेको र विगत ६ महिनामा मुलुकमा शान्ति सुरक्षाको अवस्था सुदृढ भएको दाबी गरे।

मन्त्री थापाले विगतमा हुने गरेका बम विस्फोटन, बन्द हडताललगायत जस्ता कार्य नियन्त्रणमा आएको भन्दै सरकारले शान्ति सुरक्षाको अनुभूति दिएको बताए।

सरकारले राम्रो काम गरिरहेकाले पराजित तथा विगतका षड्यन्त्रकारीले अत्तालिएर सरकारलाई घेराबन्दी गर्ने काम गरिरहेको भन्दै उनले मुलुकमा अस्थिरता चाहनेले सरकार गिराउनेसम्मको षड्यन्त्र भइरहेकाे आरोप लगाए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed