Breaking News.... EverestOnlineKhabar
May 1, 2026

गोदावरी राजधानी राखेको बिरोधमा दोस्रो दिनपनि धनगढी बन्द

Loading

कैलाली । प्रदेश नम्बर ७ अर्थात सुदूरपश्चिम प्रदेशको स्थायी राजधानी कैलालीको गोदावरीमा राख्ने निर्णयको बिरोधमा धनगढी बजार क्षेत्र दुई दिनदेखि बन्द गरिएकाे छ ।

बन्दका कारण आइतबार पनि बिहानैदेखि धनगढी बजार ठप्प छ । सार्वजनिक यातायातका साधनहरु सञ्चालन भएका छैनन् । मोटरसाइकल, साइकल र विद्युतीय रिक्सा भने फाट्टफुट्ट सञ्चालन भएका छन् । लामो दुरीका यातायातका साधनहरुको आवतजावत पनि प्रभावित भएको छ । शिक्षण संस्था पनि चलेका छैनन् ।

चाडपर्वको मुखमा बजार बन्द गराउने रहर नभएपनि निर्णय प्रक्रिया न्यायोचित नभएकाले बन्द गर्नुको विकल्प नभएको उनीहरुको भनाई छ ।

प्रदेश सभाको दुई तिहाई बहुमतबाट प्रदेशको नाम सुदूरपश्चिम र राजधानी गोदावरीमा राख्ने निर्णय पारित गरेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed