Breaking News.... EverestOnlineKhabar
May 1, 2026

अमेरिकामा रहेका मधेशीले देखाए प्रधानमन्त्री ओलीलाई कालोझण्डा

Loading

काठमाडौ। अमेरिका भ्रमणमा रहनु भएका प्रधानमन्त्री केपी शर्मा ओलीलाई अमेरिकामा रहेका मधेशीहरुले कालो झण्डा देखाएका छन् ।अमेरिकाको न्युयोर्कमा आयोजित नेपालीहरुसँगको भेटघाटकाक्रममा  त्यहाँका मधेशीहरुले कालो झण्डा देखाउँदै बहिष्कार गरेका हुन ।

मधेशी एशोसिएशन इन अमेरिका (मा) को संयोजकत्वमा सो विरोध कार्यक्रम भएको ‘मा’ का प्रतिनिधि सतेन्द्र साहले जानकारी दिए । उनले भने, ‘हामीले अमेरिकामा ‘मा’ को अधिवेशन गर्दा प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतलाई बोलाएका थियौं तर प्रधानमन्त्री केपी शर्मा ओलीले रोकिदिनुभयो । त्यसकै विरोधमा  उहाँको विरोध गरेका हौं ।’

प्रधानमन्त्री ओली जाने सार्वजनिक कार्यक्रम वहिष्कार गर्नुका साथै उनलाई कालो झण्डा देखाइएको पनि उनले बताए ।

अमेरिकामा रहेका मधेशी समूदायको छाता संगठन मधेशी एशोसिएशन इन अमेरिकाको पहिलो अधिवेशनमा प्रमुख अतिथिका रुपमा मुख्यमन्त्री राउतलाई निम्त्याएको थियो । तर, केन्द्र सरकारले अमेरिका जान अनुमति दिएको थिएन ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed