![]()
काठमाडौ। अमेरिका भ्रमणमा रहनु भएका प्रधानमन्त्री केपी शर्मा ओलीलाई अमेरिकामा रहेका मधेशीहरुले कालो झण्डा देखाएका छन् ।अमेरिकाको न्युयोर्कमा आयोजित नेपालीहरुसँगको भेटघाटकाक्रममा त्यहाँका मधेशीहरुले कालो झण्डा देखाउँदै बहिष्कार गरेका हुन ।
मधेशी एशोसिएशन इन अमेरिका (मा) को संयोजकत्वमा सो विरोध कार्यक्रम भएको ‘मा’ का प्रतिनिधि सतेन्द्र साहले जानकारी दिए । उनले भने, ‘हामीले अमेरिकामा ‘मा’ को अधिवेशन गर्दा प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतलाई बोलाएका थियौं तर प्रधानमन्त्री केपी शर्मा ओलीले रोकिदिनुभयो । त्यसकै विरोधमा उहाँको विरोध गरेका हौं ।’
प्रधानमन्त्री ओली जाने सार्वजनिक कार्यक्रम वहिष्कार गर्नुका साथै उनलाई कालो झण्डा देखाइएको पनि उनले बताए ।
अमेरिकामा रहेका मधेशी समूदायको छाता संगठन मधेशी एशोसिएशन इन अमेरिकाको पहिलो अधिवेशनमा प्रमुख अतिथिका रुपमा मुख्यमन्त्री राउतलाई निम्त्याएको थियो । तर, केन्द्र सरकारले अमेरिका जान अनुमति दिएको थिएन ।


