Breaking News.... EverestOnlineKhabar
May 1, 2026

क्यानडाले सुकीलाई दिएको मानार्थ नागरिकता खोस्यो

Loading

बीबीसी । क्यानडाको संसदले म्यानमारको नेता आङ सान सुकीलाई दिइएको नागरिकता फिर्ता लिने सम्बन्धी प्रस्तावलाई सर्वसम्मतिले पारित गरेको छ ।  म्यानमारमा चलिरहेको रोहिंग्या संकटको पृष्ठभूमिमा यो कदम उठाइएको हो ।

नोबेल शान्ति पुरस्कारबाट सम्मानित आङ सान सुकीलाई क्यानडाको संसदले सन् २००७ मा मानार्थ नागरिकता दिइएको थियो ।  अल्पसंख्यक रोहिंग्या मुस्लिम समुदायबिरुद्ध म्यानमारको सेनाले गरेको अत्याचारमा मौनता साधेको कारण सुकी पछिल्लो समय अन्तर्राष्ट्रिय स्तरमा निक्कै आलोचित भएकी छिन् ।

उनलाई अन्तर्राष्ट्रिय स्तरमा म्यानमारमा सैन्य कारबाहीको निन्दा गर्न पनि दबाव थियो तर उनले यो मुद्धामा केही बोलिनन् । क्यानडाले अघिल्लो हप्ता रोहिंग्या दमनलाई ‘नरसंहार’ घोषित गरेको थियो ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed