![]()
एजेन्सी । स्पेनिस ला लिगा फुटबल अन्तर्गत साबिक विजेता बार्सिलोना बराबरीमा रोकिएको छ । लियोनल मेस्सीको बार्सिलोना घरेलु मैदानमै एथ्लेटिको बिल्बाओसँग १–१ को बराबरीमा रोकिएको हो ।
पहिलो हाफमा पछि परेको बार्सिलोनाले खेलका अन्तिम समयमा गोल फर्काउँदै हार भने टार्न सफल भयो । ४१ औँ मिनेटमा ओस्कार डडी मार्कसले गोल गर्दै भ्रमण टोली एथ्लेटिको बिल्बाओलाई अग्रता दिलाए ।
८४ औँ मिनेटमा मुनिर एल हाडाडीले बार्सिलोनाका लागि बराबरीका गोल फर्काएका हुन् । उनले मेस्सीको पासमा गोल गरेका हुन् । बार्सिलोनाका फिलिप कोन्टिन्होले प्रहार गरेको बल क्रस बारमा लागेर फर्किएको थियो । त्यसलाई लुइस स्वारेजले पनि सही दिसा दिन सकेनन् ।
सात खेलबाट १४ अंक जोडेको बार्सिलोना शीर्ष स्थानमा कायम छ । लिग अन्तर्गत राति नै भएको खेलमा सेभिल्लाले एइबरलाई ३–१ ले हरायो ।


