Breaking News.... EverestOnlineKhabar
May 1, 2026

प्रदेश ७ को राजधानी गोदावरी तोकिएको बिरोधमा धनगढीमा आमहडताल

Loading

कैलाली । प्रदेश ७ को राजधानी कैलालीको ‘गोदावरी’ सारिएको विरोधमा धनगढीमा आम हड्ताल गरिएको छ । जसका कारण यहाँको जनजीवन प्रभावित भएको छ । यातायात, बजार पूर्ण रुपमा बन्द गरिएका छन भने बजारमा अटो रिक्सा समेत चल्न नदिदा सर्वसाधारण मारमा परेका छन् ।

बन्दकर्ताहरु विभिन्न चौकचौकमा जम्मा भएर नाराबाजी गरिरहेका छन् । धनगढी नागरिक समाजले आम हड्ताल घोषणा गरेको हो । बन्दलाई मध्यनजर गर्दै धनगढीमा सुरक्षा व्यवस्था कडा पारिएको छ ।

नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवा नेतृत्वको सरकारले प्रदेश ७ को अस्थायी राजधानी धनगढी तोकेको थियो । तर, शुक्रवार संसद बैठकले प्रतिपक्षी दलको बहिष्कारका बावजुत प्रदेश नम्बर ७ को नाम ‘सुदूरपश्चिम’ र राजधानी ‘गोदावरी’ राख्ने प्रस्ताव दुई तिहाई बहुमतले पारित गरेपछि तनाव बढेको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed