Breaking News.... EverestOnlineKhabar
May 1, 2026

Loading

एजेन्सी । फेसबुकले आफ्नो सुरक्षासम्बन्धी कमजोरीका कारण ५ करोड प्रयोगकर्ताहरूका फेसबुक खातालाई अनधिकृत रुपमा सूचना लिने ह्याकरहरूले निशाना बनाउन खोजेको जनाएको छ।

फेसबुकले आफूले भर्खरै अनुसन्धान थालेकोले त्यस्तो आक्रमण कसले गरेको हो त्यो थाहा नभएको जनाएको छ। उसले कुनै खाताहरूको सूचना दुरुपयोग गरिएको छ कि छैन भन्ने पनि पत्ता नलागेको जनाएको छ। उक्त खतरा फेसबुकको “भ्यू ए्याज” नामक कोही अरूले आफ्नो फेसबुक प्रोफाइल कसरी हेर्नसक्छन् भन्ने गोपनीयतासम्बन्धी सुविधामा रहेको बताइएको छ।

उक्त सुविधामार्फत ह्याकरहरूले प्रयोगकर्ताको खातामा नियन्त्रण कायम गर्न सकेको पनि फेसबुकले जनाएको छ।

ह्याकरहरूले गरेको उक्त अतिक्रमणबारे मंगलबार जानकारी प्राप्त भएको र लगत्तै त्यसबारे प्रहरीलाई जानकारी गराइएको फेसबुकले जनाएको छ। त्यसरी प्रभावित भएका सम्भावित प्रयोगकर्तालाई शुक्रबार आफ्नो खातामा पुन: लग इन गर्न भनिएको थियो। फेसबुकले अहिले त्यस्तो कमजोरी सुधारिसकिएको र सबै प्रभावित खाताहरूलाई रिसेट गरिएको बताएको छ। अन्य ४ करोड प्रयोगकर्ताबारे पनि पूर्व सावधानीका कदम चालिएको जनाएको छ।

शुक्रबार शेयर मुल्य तीन प्रतिशतले घटेको फेसबुकका मासिक प्रयोककर्ता दुई अर्ब भन्दा बढी रहेका छन्। फेसबुक आफ्ना प्रयोगकर्ताका तथ्याङ्क सुरक्षित गर्न सक्षम छ भनेर अमेरिका र अन्यत्रका सांसदहरूलाई सहमत गराउन संघर्षरत रहँदा उसले पछिल्लो आक्रमणको सामना गर्नुपरेको छ।

शुक्रबार कनफेरेन्स कलमार्फत फेसबुकका संस्थापक मार्क जकरवर्गले फेसबुकमा निरन्तर आक्रमण भइरहँदा आफ्नो कम्पनीले प्रयोगकर्ताका तथ्याङ्क सुरक्षाको विषयलाई गम्भीर रूपमा लिएको बताएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed