Breaking News.... EverestOnlineKhabar
April 30, 2026

Loading

काठमाडौं। संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री रवीन्द्र अधिकारीले सन् २०२० भित्र नेपालमा २० लाख अन्तर्राष्ट्रिय पर्यटक भित्रयाउने लक्ष्य पूरा गर्न सूचना र प्रविधिको प्रयोगमा अधिकतम पहल गरिरहेको बताएका छन ।

 विश्व पर्यटन दिवसको अवसर पारेर काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले पर्यटन क्षेत्रको विकासका लागि सरकारले पूर्वाधार विकासको कामलाई जोड दिएको पनि स्मरण गराए। त्यस अवसरमा मन्त्री अधिकारीले १ वर्ष भित्र गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल निर्माण गरिसक्ने घोषणा पनि गरे।

उनले नेपालमा पर्यटन क्षेत्रको विकास उत्साहजनक रुपमा अघि बढाउन सरकार क्रियाशील रहेको दाबी गरे। सन् २०२० भित्र १ अर्ब ६० करोड पर्यटकले विश्व भ्रमण गर्ने विभिन्न अध्ययनले देखाएको उल्लेख गर्दै मन्त्री अधिकारीले उनीहरुलाई नेपाल आउने वातावरण बनाउन सरकार लागि परेको बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed