Breaking News.... EverestOnlineKhabar
May 1, 2026

बहुमतबाट नभइ सहमतिका आधारमा प्रदेश १ को नाम र राजधानी तोकिन्छ : मुख्यमन्त्री राई

Loading

धनकुटा । सत्तारुढ दल नेकपाका नेता एवम प्रदेश नम्बर–१ का मुख्यमन्त्री शेरधन राईले सहमतिका आधारमा चाँडै नै प्रदेशको नाम र स्थायी राजधानीको टुंगो लगाइने बताएका छन् ।

प्रेस संगठन धनकुटाले बिहीबार धनकुटामा गरेको पत्रकार सम्मेलनमा उनले आफूसँग दुइतिहाइको समर्थन भएपनि प्रक्रियामा वा बहुमत र अल्पमतका आधारमा प्रदेशको नाम र राजधानी नतोकी सहमतिका आधारमा तोकिने बताए ।

प्रक्रियामा गएर राजधानी र नाम तोक्दा विकासमा अवरोध हुने भएकाले सहमतिका आधारमा तोकिने उनको भनाइ थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed