![]()
कैलाली ।कैलाली । कैलालीको गोदावरीमा प्रदेश ७ को राजधानी राख्ने सिफारिससंगै गोदावरी नगरपालिका यतिसम्म हौसिएको छ कि उसले ठीक र बेठिकसमेत छुट्याउन नसक्ने भएको छ । नगर क्षेत्रको चौतर्फी विकास र त्यहाँका जनताको सुख सुविस्ता हेर्नुपर्ने सो नगरपालिका आफै गैरजिम्मेवार र उदासिन हुन पुगेको बिहीबारको एक कार्यक्रममा पुष्टि हुन पुग्यो ।
गोदावरीलाई प्रदेश ७ को राजधानी बनाउने सिफारिस आएसंगै सो नगरपालिकाले अत्तरियामा स्वागत कार्यक्रम आयोजना गरेको थियो । निकै तामझाम र हर्षोल्लासपूर्वक स्वागत कार्यक्रम गरिएपनि त्यहाँ घीन लाग्ने गरी गरिएको फोहर उठाउन नगरपालिकाले कुनै चासो देखाएन । पानीका बोतल, सुर्तीका पोका, गुट्खा, प्लाष्टिकजयन्य पदार्थ, बिष्कुट, चाउचाउका खोलले सो चोक भरिएको थियो ।कार्यक्रममा नगरपालिकाका प्रमुख, उपप्रमुख, वडा अध्यक्ष लगाएत स्थानीयको सहभागीता रहेको थियो ।

नगरपालिकाका कुनैपनि कर्मचारीले फोहर उठाउने बिषयमा नसोचेपछि विवेकशिल साझा पार्टीले आफनो विवेक पुर्याउँदै फोहर उठाएको थियो । सबै गएपछि संगै र्यालीमा सहभागी बिबेकशिल साझा पार्टीका प्रतिनिधिहरु भने त्यँहा पानीका बोत्तल र अन्य चिजको सरसफाई ब्यस्त थिए । अरुले गरेको फोहर आफुले उठाउन पाएकोमा उनिहरुलाई कुनै गुनासो थिएन । बिबेकशिल साझा पार्टीका बिनोद मल्लले भने – यो अलिकती फोहर रहेछ ,हामीले ब्यबस्थापन गर्न खोजेको हो ।


