Breaking News.... EverestOnlineKhabar
May 1, 2026

फ्रान्सका राष्ट्रपतिले गरे महासभा बैठकमै ट्रम्पको प्रतिवाद

Loading

बीबीसी । फ्रान्सका राष्ट्रपति इमानुयल माक्रोंले संयुक्त राष्ट्रसंघको महासभामा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको भनाइलाई कडा प्रतिवाद गरेका छन् ।

ट्रम्पले महासभालाई सम्बोधन गर्दै आफू प्रत्येक देशको परम्परा, विश्वास र मूल्य–मान्यताको अधिकारलाई सम्मान गर्ने तर अरुले पनि अमेरिकाको सम्प्रभुतालाई सम्मान गर्नुपर्ने बताएका थिए । ‘तपाई कसरी बस्ने र कसरी काम गर्ने, कसको पूजा गर्ने भन्नेबारे अमेरिकाले सिकाउँदैन,’ उनले भनेका थिए, ‘म यतिमात्र चाहन्छु कि तपाईहरुले पनि अमेरिकाको सम्प्रभूताको सम्मान गर्नुस् ।’ ट्रम्पले राष्ट्रवादलाई अमेरिकी नागरिकको अधिकार र स्वतन्त्रताको रक्षा गर्ने एकमात्र विकल्पका रुपमा अघि सारेका थिए ।

ट्रम्पको सम्बोधनलगत्तै महासभालाई सम्बोधन गर्दै फ्रान्सेली राष्ट्रपति माक्रोंले भने, ‘हामीले सम्प्रभुताको सिद्धान्त मान्न कहिल्यै अस्वीकार गरेका छैनौं तर यसलाई हतियारको रुपमा प्रयोग गर्न हुँदैन ।’

उनले यस्ता विषयमा सम्वाद गर्न जरुरी रहेको बताए । उनले ट्रम्पतर्फ संकेत गर्दै भने, ‘म सम्प्रभुताको सिद्धान्तलाई ती राष्ट्रवादीको हातमा छाड्न सक्दिनँ जो हाम्रो मान्यतामाथि हमला गर्दछन् ।’ उनले शक्तिशालीले बनाएको कानूनमा आफूले विश्वास नगर्ने पनि बताए ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed