Breaking News.... EverestOnlineKhabar
June 24, 2026

रोहिंग्या शरणार्थीलाई फिर्ता नलैजान म्यानमारले बाहना गर्यो : हसिना

Loading

बीबीसी । बंगलादेशकी प्रधानमन्त्री शेख हसिनाले बंगलादेशमा शरणार्थी जीवन बिताइरहेका सात लाखभन्दा बढी रोहिंग्यालार्इ फिर्ता नलग्न म्यानमारले बाहना बनाइरहेको आरोप लगाएकी छिन ।   धेरै जनसंख्या भएको बंगलादेशमा शरणार्थीलार्इ स्थायी रुपमा बस्न दिन  नसकिने उनले बताइन्।

संयुक्त राष्ट्रसंघको साधारणसभामा भाग लिन न्युयोर्क पुगेकी हसिनाले पत्रकारले बंगलादेशले रोहिंग्या फर्काउने कदममा पुनविचार गर्ने सम्भावनाका बारे प्रश्न गर्दा उले आफ्नो राष्ट्रले उनीहरुलार्इ धेरै समय सम्म धान्न नसक्ने बताएकी हुन्।

हाल रोहिंग्याका सम्बन्धमा बंगलादेश म्यान्मारसँग युद्ध गर्ने सोचमा नरहेको उल्लेख गर्दै हसिनाले म्यानमारले केही महिना अघि रोहिंग्या फर्काउने भने गरेको सहमति पालना गर्नुपर्ने बताइन्।

यसअघि हसिनाले अन्तर्राष्ट्रिय समुदायलार्इ रोहिंग्याका सम्बन्धमा म्यान्मारलार्इ दबाब दिन आह्वान गरेकी थिइन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed