![]()
एजेन्सी । एसिया कप क्रिकेट अन्तर्गत सुपर फोरको खेलमा भारत र अफगानिस्तानबिचको खेलमा बराबरी भएको छ । पहिले ब्याटिङ्ग गरेको अफगानिस्तानले निर्धारित ओभरमा ८ विकेटको क्षतिमा २५२ रन बनायो । जवाफी ब्याटिङ्ग गरेको भारतले ४९ ओभर पाँच बलमा २५२ रन बनायो । अफगानिस्तानको टिमले भारतलाई जित निकाल्न दिएन ।
अफगानिस्तानको बलिङ्ग र ब्याटिङ्ग दुवै उत्कृष्ट देखियो । भारतका केएल राहुलले ६० तथा अम्बाती रायडुले ५७ रन बनाए । यस्तै दिनेश कार्तिकले ४४ तथा रवीन्द्र जडेजाले २५ रन बनाए ।
यसअघि ब्याटिङ्ग गरेको अफगानिस्तानले ओपनर मोहम्मद शहजादको शतकको सहयोगमा ८ विकेटको क्षतिमा २५२ रन बनायो । शहजादले ११६ बलमा १२४ रन बनाए ।


