![]()
एजेन्सी । यूएईमा जारी एशिया कप क्रिकेटको सुपर फोर भारतले पाकिस्तानमाथि शानदार जित हात निकालेकोे छ । पाकिस्तानले दिएको २३८ रनको लक्ष्य पछ्याएको भारतले ३९.३ ओभरमा लक्ष्य पुरा गर्दै पाकिस्तानलाई ९ विकेटले पराजित गरेको हो । पाकिस्तानविद्धको खेलमा भारतका कप्तान रोहित शर्मा र शिखर धवनले शतकीय पारि खेले ।
सुपर फोरको खेलमा भारतका ब्याट्सम्यानका अगाडि पाकिस्तानका बलर निरीह रहे । भारतका ब्याट्सम्यान शिखर धवनले ११४ रन बनाए भने कप्तान शर्माले १११ रन बनाएका थिए । धवन र शर्माले २ सय २५ रनको साझेदारी गरेका थिए भने धवन ११४ रन बनाउँदै रन आउट भएका थिए ।
टस जितेर पहिला ब्याटिङ रोजेको पाकिस्तानले निर्धारित ओभरमा ७ विकेट गुमाउँदै २३७ रन बनाएको थियो । पाकिस्तानका लागि सोइव मल्लीकले सर्वाधिक ७८ रन बनाएका थिए ।
पाकिस्तानलाई २३७ रनमा समेट्न भारतका कुलदिप यादव, जस्प्रीत बुम्राह, युजभेन्द्र चाहलले समान २—२ विकेट लिएका थिए ।


