Breaking News.... EverestOnlineKhabar
June 24, 2026

Loading

धनगढी । सिके राउतको अभिव्यक्तिविरुद्ध धनगढीमा प्रदर्शन गरिएको छ । असोज ३ गते संविधान दिवसका दिन राउतले दिएको ‘मधेश नेपाल होइन’ भन्ने अभिव्यक्तिका विरुद्ध स्वतस्फुर्त युवा समूह धनगढीले प्रदर्शन गरेको हो ।

र्‍यालीमा युवाहरुले ‘अखण्ड नेपाल हुनुपर्ने, विखण्डनकारीलाई कारबाही गर्नुपर्ने, हिमाल पहाड तराई कोही छैन पराई, सिके रावतको अभिव्यक्तिप्रति सरकार किन मौन ?,’ लगायतका प्ले कार्ड बोक्दै नाराबाजी गरेका थिए ।

धनगढीको ट्राफिक चौराहबाट सुरु भएकोे प्रर्दशन पार्कमोडमा पुगेर कोणसभामा परिणत भएको थियो ।  प्रदर्शनका क्रममा नेपालको राष्ट्रिय झण्डा बोकेका उनीहरुले सरकार विरुद्ध पनि नाराबाजी गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed