Breaking News.... EverestOnlineKhabar
May 1, 2026

सभामुख महरा शुक्रवार चीन जाँदै, बिधेयक अलपत्र नपर्ने दाबी

Loading

काठमाडौं । सभामुख कृष्णबहादुर महराले आफ्नो चीनको स्वसासित क्षेत्र ल्हासा भ्रमणले संसदको कुनैपनि गतिविधिमा बाधा नहुने बताएका छन्।  भदौ २२ देखि २६ सम्म चीनको ल्हासा भ्रमणमा जान लागेका सभामुख महराले प्रतिनिधिसभामा कामको चाप नभएकाले आफू त्यता जान लागेको बताएका छन्।

सभामुखको कार्यालय सिंहदरबारमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै महराले असोज ३ गतेभित्र बनाइसक्नुपर्ने मौलिक हक अन्तर्गतका सबै विधेयक असोज २ गतेभित्रै संसदबाट पास भइसक्ने बताए । प्रतिनिधिसभा तर्फका विधेयकको वर्तमान अवस्थाबारे जानकारी दिँदै सभामुख महराले मौलिक हक अन्तर्गतका आवश्यक १० वटा विधेयकहरू आगामी अशोज २ गते भित्र नै संसदले पारित गर्ने बताए।

कतिपय विधेयक समितिमा छलफलको अवस्थामा रहेका र केहीलाई बिहीबार नै प्रतिनिधिसभाले सम्बन्धित समितिमा पठाउने भन्दै उनले निर्धारित समयमै सबै विधेयक आउने दाबी गरेका हुन्। उनले मौलिक हकसँग सम्बन्धित विधेयकहरूलाई प्राथमिकताका साथ एक हप्ता भित्र टुग्याउन समिति सभापतिहरूलाई निर्देशन दिइसकेको पनि जानकारी दिए।

सभामुख महराले आफ्नो अनुपस्थितिमा उपसभामुखले पनि सदन सञ्चालन गर्न सक्ने बताए। उनले विधेयकहरूमाथि संसदीय समितिमा छलफलका लागि पठाइएकाले पनि त्यहाँ समय लाग्ने र जसका कारण विधेयक अलपत्र नपर्ने उनको भनाइ थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed