Breaking News.... EverestOnlineKhabar
May 2, 2026

चिकित्सक संघका अध्यक्ष श्रेष्ठद्वारा सरकारी सेवाबाट राजीनामा

Loading

काठमाडौँ ।  पूर्णरुपमा राजनीतिमा लाग्न भन्दै नेपाल चिकित्सक संघका अध्यक्ष मुक्तिराम श्रेष्ठले सरकारी सेवाबाट राजीनामा दिएका छन् । नेपाल सरकार को १० औं तह(उपसचिव) पदमा कार्यरत श्रेष्ठले दिएको राजीनामा स्वास्थ्य मन्त्रालयले स्वीकृत गरेको हो । ३३ वर्ष स्वास्थ्य सेवामा काम गरेका डा श्रेष्ठ पछिल्लो समय काभ्रेपलाञ्चोक मेथिनकोट अस्पतालमा कार्यरत थिए ।

पछिल्लो समय चिकित्सकीय पेसामा भन्दा पनि बढी राजनीतिमा लागेको भन्दै आलोचना हुँदै आएको थियो । नेपाली कांग्रेस निकट डा श्रेष्ठलाई नेकपा निकट चिकित्सकहरुले सरकारी चिकित्सक भएर सरकारको विरोध गरेको भन्दै आलोचना गर्दै आएका थिए । आलोचना बढ्दै गएपछि पूर्ण रुपमा राजनीतिमा लाग्न राजीनामा दिएको बताए ।
डा श्रेष्ठविरुद्ध संघको अध्यक्ष भएपछि बिदा नलिई कार्यालय उपस्थित नभएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा पनि उजुरी परेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed