![]()
काठमाडौँ। नेपाली बजारमा चार किसिमका नुविया स्मार्टफोन आएका छन् । आइटिपी नेपालले नुवियाका चार किसिमका स्मार्टफोन नेपाली बजार ल्याएको हो ।
नुवियाको एम टू लाइट, एन टू, जेड सेभेन्टिन मिनी, जेड सेभेन्टिन मिनिसको बिक्रीवितरण सुरु गरेको हो । चार जिबी र्याम र ३२ जिबी रोम, १३ एमपीको रेयर र १६ एमपीको सेल्फी क्यामरा रहेको एम टू लाइटको मूल्य १९ हजार ९९९ रहेको छ ।
यस्तै चार जिबी र्याम र ६४ जिबी रोम, १३ एमपीको रेयर र १६ एमपीको सेल्फी क्यामरा रहेको एन टू को मूल्य २४ हजार ८९९ तोकिएको छ। यसैगरी चार जिबी र्याम र ६४ जिबी रोम, १३ एमपीको ड्युअल रेयर र १६ एमपीको सेल्फी क्यामरा रहेको जेड सेभेन्टिन मिनीको मूल्य २९ हजार ९९९ रहेको छ।
यस्तै ६ जिबी ¥याम र ६४ जिबी रोम, १३ एमपीको ड्युअल रेयर र १६ एमपी प्लस पाँच एमपी सेल्फी क्यामरा रहेको जेड सेभेन्टिन मिनिजको मूल्य नेपाली बजारमा ३७ हजार ४९९ रुपैयाँ पर्छ।


