Breaking News.... EverestOnlineKhabar
May 2, 2026

बेकहृयामको टिमको नाम इन्टरनेसनल डी फुटबल मायामी वा इन्टर मायामी हुने

Loading

एजेन्सी । ईंग्ल्यान्डका पूर्व कप्तान डेभिड बेकहृयामको मेजर लिग सकर (एमएलएस) टिमको नाम इन्टरनेसनल डी फुटबल मायामी वा इन्टर मायामी हुने भएको छ । इन्टर मायामीले एमएलएसमा २०२० मा डेब्यू गर्नेछ ।

बेकहृयामले क्लब स्थापनामा यो अर्को महत्वपूर्ण कदम भएको बताएका छन् । इन्टर मायामीले इन्स्टाग्राममा लोगोको डिजाइन पनि सार्वजनिक गरेको छ । उक्त पोष्टमा क्याप्सन लेखिएको छ, ‘चार वर्षअगाडि हामीले एउटा सकर क्लबको सपना देख्यौं । अहिले यसको आधिकारिक लोगो सार्वजनिक गरिरहँदा गौरवान्वित छौं ।’

मौलिक देखिने लोगोमा मियामीको स्थानीय चरा हेरोन्सका दुई चित्र छन्, जसको खुट्टा आपसमा जकडिएको छ । लोगोको सतहमा रोमन अंक एमएक्सएक्स लेखिएको छ, जसले २०२० लाई ईंगित गर्छ । सन् २०२० मा यो फ्रेन्चाइज लन्च गरिने र एमएलएसमा सहभागी हुने योजना छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed