![]()
एजेन्सी । लन्चबक्स र एयरलिफ्ट जस्ता फिल्मकी नायिका निमरत कौर र भारतीय क्रिकेट टिमका कोच रवी अफेयरमा छन् । निमरतभन्दा रवी ३६ वर्ष जेठा हुन् । उनीहरुले बडो गुपचुपरुपमा आफ्नो प्रेम सम्वन्ध अगाडि बढाइरहेका छन ।
उनीहरु कहिल्यै सार्वजनिकरुपमा एक साथ देखिएका छैनन् । रवी र निरमतको भेट सन् २०१५ मा जर्मन लक्जरी कारको उद्घाटन समारोहमा भएको थियो । त्यहाँ उनीहरुले फोन नम्बर साटासाट भएका थिए । त्यसपछि उनीहरु नियमत भेट हुन थालेको बताइन्छ ।


