Breaking News.... EverestOnlineKhabar
May 2, 2026

Loading

सिन्धुली। नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहालले प्रधानमन्त्री र आफू सरकारको गम्भीर समीक्षामा लागेको बताएका छन्। बुधबार सिन्धुलीको मरिन खोलामा निर्माण भएको पुल उद्घाटन गर्दै प्रचण्डले कम्युनिस्ट पार्टी नेतृत्वको सरकारलाई कमजोर पार्ने अनेक खालका प्रतिक्रियावादी षड्यन्त्रहरु पनि चलिराखेको बताए।

‘जनताले आशा अपेक्षा गरे अनुसार काम भएको छैन कि भन्ने प्रश्न पनि जनताको मनमा उठेको छ’, प्रचण्डले भने, ‘यो कुरा मलाई र प्रधानमन्त्री केपी ओलीलाई पनि राम्रोसँग थाहा छ। हिजोआज हामी गम्भीर ढंगले समीक्षामा लागेका छौं।’

ठूलो संघर्ष र बलिदानपछि परिवर्तन आएर ५ वर्ष चल्ने स्थायी सरकार बनेको बताउँदै प्रचण्डले भने, ‘सरकार गठन भएको झन्डै ६ महिना बितेको छ। तर कताकता भन्या जस्तो काम हुँदैन कि भनेर प्रश्न पनि उठेका छन्।’

प्रचण्डले आउने एक वर्षभित्र जनतामा नयाँ आशा उत्साह भर्ने संकल्प गरेको बताए। उनले केही महिनाभित्रै काठमाडौंको धुलो र हिलो समाप्त गर्ने एउटा नयाँ संकल्प सहित देशभर बाटोघाटो, शिक्षा, स्वास्थ्य, शिक्षा, रोजगारी, उत्पादन वृद्धिका कामलाई गति दिने बताए।

प्रचण्डले बाटोघाटो निर्माणमा, औद्योगिक क्षेत्रको विकास गरेर युवाहरुका निम्ति रोजगारी सृष्टि गर्ने तथा शिक्षा स्वास्थ्यमा सुधार गर्ने कुरामा आफूहरुको ध्यान केन्द्रित भएको बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed